नियम ३८
दूरसञ्चार सेवासँग सम्बन्धित प्रयोग विहीन संरचना हटाउने
(१) ऐन तथा यस नियमावली बमोजिम नेपाल सरकारको स्वामित्व कायम नहुने अनुमतिपत्र वहाल नरहेका वा यस नियमावली बमोजिम लिलाम बिक्री हुन नसकेकोले वा कसैले नियम ३२ बमोजिम सकार नगरी सञ्चालनमा नरहेको सेवा प्रदायकले विकास गरेको दूरसञ्चार प्रणालीसँग सम्बन्धित प्रयोगविहीन संरचना सम्बन्धित सेवा प्रदायकले हटाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम संरचना नहटाएमा प्राधिकरणले लिलाम बिक्री गरी वा अन्य कुनै तरिकाले हटाउनेछ। यसरी हटाउँदा संरचना बिक्री गरी वा कुनै रुपमा भएको आय प्राधिकरणको कोषमा जम्मा हुनेछ। यसमा सम्बन्धित सेवा प्रदायकको कुनै दाबी लाग्ने छैन।